नागरिकको आवाज नसुन्ने प्रणाली प्रजातन्त्र हुन सक्दैन : हरि शर्मा

भोटको अंक मात्र गणना गर्दा न्यायको कुरा ओझेलमा पर्न सक्ने उनले बताए ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

A system that does not listen to the voice of citizens cannot be a democracy: Hari Sharma

काठमाडौँ — राजनीतिक विश्लेषक हरि शर्माले नागरिकको आवाज नसुन्ने प्रणाली प्रजातन्त्र हुन नसक्ने बताएका छन् ।

कान्तिपुर कन्क्लेभको 'विचारधाराको अन्त्य ? : नेपाली राजनीतिको रेट्रोफिटिङ' सत्रमा संवाद गर्दै उनले नागरिकको आवाज नसुन्ने प्रजातन्त्र नहुने तर्क गरे ।

‘अभ्यास गरिरहेको प्रजातन्त्र अंकमा निर्भर छ । जसले जति भोट ल्याउँछ, त्यसैअनुसार हुन्छ,’ उनले भने, ‘अंक/नम्बर र आवाजलाई ब्यालेन्स गर्न सकिएन भने दिगो हुँदैन ।’

भोटको अंक मात्र गणना गर्दा न्यायको कुरा ओझेलमा पर्न सक्ने उनले बताए । अहिलेको राजनीतिको प्राथमिकता के हो भनेर उनले प्रश्न गरे । शर्माले भने, ‘राजनीतिको प्राथमिकता रोजगारी हो कि सुशासन हो कि के हो ? अस्पष्ट छ ।'

आफूले अहिले पनि आवाजमा विश्वास गर्ने शर्माले बताए । ‘म अघिल्लो पुस्ताको भएर पनि होला । छोराछोरीलाई फोन गर्छु, उनीहरु म्यासेज गर्नु भन्छन्,’ उनले भने, ‘म भ्वाइसमा विश्वास गर्छु । उनीहरु म्यासेजमा विश्वास गर्छन् ।’

डिजिटल प्रविधिले मारेको फड्कोले स्वायत्तता र सार्वभौमिकताको खोजी हुन थालेको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully