कांग्रेसको चुनावी नीति : ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै 

यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि काम सकेर पुनः आफ्नै क्षेत्रमा केन्द्रित रहन भनिएको छ।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

Nepali Congress's election policy: Launching the 'My 21 Days for Falgun 21' campaign

काठमाडौँ — नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै 'फागुन २१ का लागि मेरो २१' दिनझ कार्यक्रम शुरू गर्ने भएको छ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले 'नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२' को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ ।

'फागुन २१ का लागि मेरो २१ दिन भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ रउसले खट्ने त्यहाँझ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ,'झ निर्णयमा भनिएको छ।

यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला र क्षेत्र र पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरु सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ-आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

यसैगरी एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर 'हाम्रो वडा हामी जिताउँछौँ' उद्घोषका साथ आ-आफ्नै वडामा खट्न कांग्रेसले भनेको छ ।

कांग्रेसले पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आवद्धहरूलाई सोही बमोजिम जिम्मेवारी निभाउन आग्रह गरेको छ।

कान्तिपुर

Link copied successfully