बैठकमा मुख्यतया ३ एजेन्डामाथि छलफल हुने बताइएको छ।
काठमाडौँ — नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार बिहान ८ : ३० बजे ‘जुम’मार्फत बस्ने छ।
बैठकमा पदाधिकारीहरुलाई उपस्थित हुन भनिएको छ। बैठकमा मुख्यतया ३ एजेन्डामाथि छलफल हुने बताइएको छ।
नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन र सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिकाबारे छलफल हुने छ।
त्यस्तै केन्द्रीय अनुशासन समिति गठनबारे पनि छलफल भएर निर्णय लिइने छ।
