उनी निकट स्रोतका अनुसार केपी शर्मा ओली माघ ३० गतेसम्म झापामा रहने कार्यक्रम रहेको छ।
झापा — पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आएका छन्। उनी यति एयरलाइन्सको विमानमार्फत शुक्रबार दिउँसो ३ बजेर २० मिनेटमा भद्रपुर विमानस्थलमा अवतरण गरेका हुन्।
ओलीको आगमनलाई लिएर एमाले झापाले विशेष तयारी गरेको थियो। विमानस्थलमा पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वागत गरेका थिए। उनी निकट स्रोतका अनुसार ओली माघ ३० गतेसम्म झापामा रहने कार्यक्रम रहेको छ।
झापामा रहुन्जेल ओली झापा क्षेत्र नम्बर ५ केन्द्रित विभिन्न निर्वाचन गतिविधिमा सहभागी हुनेछन्। यस क्रममा उनले पार्टीका नेता, कार्यकर्ता र स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने कार्यक्रम तय भएको छ। भेटघाटमा संगठन सुदृढीकरण, समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
स्थानीय तहमा पार्टीको अवस्था, जनताको धारणा तथा संगठनात्मक मजबुतीका विषयमा प्रत्यक्ष जानकारी लिने उद्देश्यसहित ओली झापा आएको एमाले नेताहरूले बताएका छन्।
