बाह्रबिसेमा बालेन्द्र  

बाह्रबिसे आएका बालेन्द्र शाहले पार्टी कार्यालयमा रहेकाे घण्टी बजाएर केहीबेर समर्थकहरूसँग भेटघाट गरेका थिए ।

माघ २३, २०८२

अनिश तिवारी

Balendra in the year of the twelve

सिन्धुपाल्चोक — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सिन्धुपाल्चोकको बाह्रबिसे आएर फर्किएका छन् । सिन्धुपाल्चोक-१ का रास्वपा उम्मेदवार भरत पराजुलीसहित उनको उपस्थितिलाई पार्टीले चुनावी सन्देशका रूपमा प्रस्तुत गरेको छ ।

शुक्रबार दिउँसो करिब २ बजेतिर बाह्रबिसे आएका शाहले पार्टी कार्यालयमा रहेकाे घण्टी बजाएर केहीबेर समर्थकहरूसँग भेटघाट गरेका थिए ।

औपचारिक सम्बोधन नगरे पनि उनको उपस्थितिले रास्वपाको अभियानलाई स्थानीयस्तरमा सक्रिय बनाएको नेता पराजुलीले बताए । शाहको आगमनअघि खाडीचौर र बाह्रबिसे क्षेत्रमा युवाहरू तथा समर्थकहरूको भिड लागेको थियो । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully