एमाले अध्यक्ष ओली भन्छन् : सम्भवत: चुनाव फागुन २१ मै हुन्छ

यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आएका अध्यक्ष ओलीले निर्वाचन फागुन २१ मै हुनसक्ने बताएका हुन्

माघ २२, २०८२

कान्तिपुर संवाददाता

UML Chairman Oli says: Elections will probably be held on Falgun 21

काठमाडौँ — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन् । झापावासीहरूसँगको बुधबार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले 'सम्भवतः' निर्वाचन फागुन २१ मै हुने बताएका हुन् ।

यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आएका अध्यक्ष ओलीले निर्वाचन फागुन २१ मै हुनसक्ने र फागुन २१ मा हुन नसके वा केही समय पछि भए पनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै रहेको बताएका हुन् । 

अध्यक्ष ओलीले एमाले सरकारमा गएका बेला देशमा विकासका कामहरूले गति लिएको बताए । 

के भने ओलीले ?

चुनाव आउँदैछ । सम्भवतः चुनाव हुन्छ । सम्भवतः फागुन २१ मै पनि चुनाव हुनसक्छ । यो सम्भवतः नै हो । यदि फागुन २१ मा भयो भने वा अलि पछि भयो भने वा जहिले हुन्छ । चुनावमा जित्नुपर्नै पार्टी नेकपा एमाले हो । एमाले नै जित्नुपर्ने पार्टी हो ।

देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले हो । वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसाबले, कुन हिसावले भन्नुहुन्छ, राष्ट्रको जायज राष्ट्रिय हितहरूको रक्षा र संवर्द्धनको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो । यसकारण यस पार्टीले नै जित्नुपर्छ ।

कान्तिपुर

Link copied successfully