एमालेबाट गल्ती भएको छ, माफी चाहन्छौँ : उपमहासचिव भट्टराई 

'एमालेबाट गल्ती भएको छ, त्यसका लागि हामी तपाईंहरूसँग क्षमा चाहन्छौँ,' उनले भने, ,हाम्रा बारेमा थुप्रै प्रश्न उठेका छन् । ती सबै प्रश्नको जवाफ दिन एमाले तत्पर हुन पर्छ ।'

माघ १८, २०८२

नारायण शर्मा

UML has made a mistake, we apologize: Deputy Secretary General Bhattarai

नवलपरासी — एमाले उपमहासचिव योगेश भटटराईले आसन्न निर्वाचनमा कार्यकर्ताले गरेका सबै प्रश्नको जवाफ एमालेले दिन पर्ने बेला भएको बताएका छन् ।

आइतबार पूर्वी नवलपरासीको दलदलेमा आयोजित एमाले कार्यकर्ता भेलामा उपमहासचिव भट्टराईले नेतृत्वका गल्तीका कारण देश छिट्टै निर्वाचनमा होमिएको बताएका हुन् । 

'एमालेबाट गल्ती भएको छ, त्यसका लागि हामी तपाईंहरूसँग क्षमा चाहन्छौँ,' उनले भने, ,हाम्रा बारेमा थुप्रै प्रश्न उठेका छन् । ती सबै प्रश्नको जवाफ दिन एमाले तत्पर हुन पर्छ ।'

एमालेविरुद्ध छरिएका भ्रम चिरेर राजनीति अघि बढाउनुपर्ने बेला आएको उनले बताए ।  एमालेले पूर्वी नवलपरासी-१ मा भागिरथ सापकोटालाई उम्मेदवार बनाएको छ । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully