रास्वपाले बनायो उपसभापति अर्यालको संयोजकत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति

रास्वपाले केन्द्रीय रूपमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक र सञ्चार समन्वय उपसमिति पनि गठन गरेको छ ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

The Rashtriya Swayamsevak Sangh (RSS) has formed a 51-member Federal Election Management Committee under the coordination of Deputy Chairman Aryal.

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ ।

निर्वाचनलक्षित गतिविधि सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयानुसार समिति गठन गरिएको महासचिव कविन्द्र बुर्लाकोटीले बताए । समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ छन् ।

पार्टीले प्रदेशगत आधारमा प्रदेश समन्वय सचिव तोक्नुका साथै केन्द्रीय रूपमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक  समन्वय उपसमिति र सञ्चार समन्वय उपसमिति पनि गठन गरेको छ ।

आन्तरिक समन्वय उपसमितिमा रामकृष्ण भट्टराई, प्रशासनिक समन्वय उपसमितिमा विष्णुकुमार श्रेष्ठ र सञ्चार समन्वय उपसमितिमा प्रतिमा रावललाई संयोजक तोकेको छ ।

प्रदेश समन्वय सचिवमा कोको ?

कान्तिपुर संवाददाता

Link copied successfully