कांग्रेसको चुनावी घोषणापत्र छोटो, मिठो र सबैले अपनत्व लिने किसिमको हुनेछ : प्रवक्ता चालिसे

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्र सबैले अपनत्व लिने हिसाबले तयार पारिरहेको बताए ।

माघ १७, २०८२

कान्तिपुर संवाददाता

Nepali Congress' election manifesto will be short, sweet and accessible to all: Spokesperson Chalise

काठमाडौँ — नेपाली कांग्रेसले सबैले अपनत्व लिनेगरी आफ्नो चुनावी घोषणापत्र बनाउने प्रतिबद्धता जनाएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले यस्तो बताएको हो । 

पत्रकार सम्मेलनका क्रममा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्र सबैले अपनत्व लिने हिसाबले तयार पारिरहेको बताए । त्यसका लाग विज्ञहरुसँग सुझाव लिएको र नागरिकका आवाज पनि संकलन गरिएको बताए । कांग्रेसको घोषणापत्र सानो, छोटो र मिठो हुने उनको भनाइ छ । सबैले सहज रुपमा बुझ्न सक्ने हुने र केही दिनपछि नै सार्वजनकि गर्ने बताए । 

‘घोषणापत्र सबैको वर्नरसिप स्थापित होस् भन्ने हिसाबले तयार पारिरहेका छौँ । मेरो होस् भनेर अपनत्व गरुन् । त्यसका लागि विज्ञहरुसँग सुझाव लिएका छौँ, नागरिकसँग छलफल गरेका छौँ । डेमोक्रेटिक हिसाबले दस्ताबेज बनाएका छौँ,'उनले भने, 'केही समय लागेको हो । यो छोटो बन्छ । भिजन के भन्ने कुरा हो । सानो हुन्छ । छोटो, मिठो र बुझ्ने घोषणापत्र बनाउनेछौँ । केही दिनपछि नै प्रतिक्षारत घोषणापत्र सार्वजनिक गर्छौं ।’

उनले कांग्रेसले केन्द्रीय परिचालन समिति तथा केन्द्रीय सदस्यहरुलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय कार्यान्वयन भइसकेको पनि बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully