राष्ट्रपति मतदाता रहेको क्षेत्रमा तीन वर्षमा तेस्रो चुनाव

तनहुँ–१ बाट २०६४ यताका चुनावमा कुनै पनि उम्मेदवारले दोहोर्‍याएर जितेका छैनन्, यसपाली रास्वपाका स्वर्णिम वाग्ले जित दोहोर्‍याउने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा छन्।

फाल्गुन १०, २०८२

सुदीप कैनी

Third election in three years in a presidential electorate

What you should know

तनहुँ — राष्ट्रपति रामचन्द्र पौडेल मतदाता रहेको निर्वाचन क्षेत्र हो तनहुँ–१ । यस क्षेत्रमा तीन वर्षमा तेस्रो चुनाव हुँदै छ । 

०७९ मा कांग्रेसबाट प्रतिनिधिसभा सदसय निर्वाचन जितेको केही महिनामै पौडेल राष्ट्रपतिमा निर्वाचित भए ।  त्यसपछि रिक्त तनहुँ–१ मा १० वैशाख ०८० मा उपनिर्वाचन भएको थियो । साढे दुई वर्ष नबित्दै संसद् विघटन भएर २१ फागुनमा अर्को चुनाव हुँदै छ । 

पौडेललाई पहिलो पटक ०४८ मा र अन्तिम पटक ०७९ मा जिताउने क्षेत्र तनहुँ–१ नै हो । २०७४ मा भने यही क्षेत्रमा हारे । अन्य निर्वाचनमा उनी तनहुँ–२ बाट प्रतिस्पर्धा गरेर विजयी भए । 

तनहुँ–२ ले २०६४ यताको चुनावमा कुनै पनि दललाई लगातार जिताएको छैन, दोहोरिएर कोही पनि उम्मेदवारले जितेका छैनन् । 

Third election in three years in a presidential electorate

यस क्षेत्रमा ०५१ र ०५६ मा कांग्रेसबाट गोविन्दराज जोशीले जितेका थिए । ०५१ देखि पौडेलले तनहुँ–२ बाट चुनाव जितेका थिए । उनी ०७४ मा तनहुँ–१ मा उठ्दा एमाले–तत्कालीन माओवादी वाम गठबन्धनका कृष्णकुमार (किसान) श्रेष्ठले चुनाव जिते ।

Third election in three years in a presidential electorate

यहाँका मतदाताले ०६४ मा तत्कालीन माओवादीका सुरेश आलेमगरलाई जिताएका थिए । ०७० मा कांग्रेसका शंकर भण्डारी विजयी भए । पौडेल राष्ट्रपति भएका कारण रिक्त बनेको तनहुँ–१ मा उपनिर्वाचन गराइएको थियो, रास्वपाका स्वर्णिम वाग्ले विजयी भए । 

Third election in three years in a presidential electorate

यस पटक रास्वपाबाट वाग्ले (५१) नै प्रतिस्पर्धामा छन् । ०६४ मा जितेका कांग्रेसका शंकर भण्डारी यसबाट तनहुँ–२ उम्मेदवार छन् । तनहुँ–१ मा कांग्रेसले गोविन्द भट्टराई (६२) लाई प्रतिस्पर्धामा उतारेको छ । एमालेबाट भगवती न्यौपाने (४९) र नेकपाबाट विद्यानाथ ढकाल (६५) उम्मेदवार छन् । पूर्वसांसद गोविन्दराज जोशीका छोरा दीपक जोशी (५६) ले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Third election in three years in a presidential electorate

राप्रपाका रामदत्त जोशी, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले, नेसनल रिपब्लिक नेपालका सुमन थापामगर र श्रम संस्कृति पार्टीका काशीराम गुरुङ पनि उम्मेदवार बनेका छन् । नेकपा माओवादीका ओमविक्रम पन्त, उज्यालो नेपालका मन्जिल राना, आम जनता पार्टीका चिजामाया अधिकारीले पनि उम्मेदवारी दिएका छन् । लेखनाथ खनाल र सन्देश रानाभाट लौडारी स्वतन्त्र उम्मेदवार हुन् ।

Third election in three years in a presidential electorate

०७९ को निर्वाचनमा कांग्रेसबाट पौडेल २५ हजार ३ सय ६१ मतसहित विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानामगरलाई १९ हजार ९ सय ८१ मत परेको थियो । कांग्रेसबाट विद्रोह गरेका गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएर ६ हजार ८ सय ८६ मत ल्याएका थिए ।

Third election in three years in a presidential electorate

रास्वपाका विकास सिग्देलका पक्षमा ६ हजार ४४ मत खसेको थियो । १० वैशाख ०८० मा भएको उपनिर्वाचनमा नतिजा उल्टियो । कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका वाग्ले ३४ हजार ९ सय १९ मत ल्याएर विजयी भए । 

Third election in three years in a presidential electorate

कांग्रेसका गोविन्द भट्टराई २० हजार १ सय २२ मत ल्याएर दोस्रो भए । कांग्रेसका भट्टराईले ०७९ मा पौडेलले प्राप्त गरेभन्दा साढे ९ हजार कम मत पाएका हुन् । एमाले प्रवेश गरेर उम्मेदवार बनेका नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल ८ हजार ४ सय ८८ मतसहित तेस्रो भए ।

Third election in three years in a presidential electorate

उनले पनि एमालेका पहिलेका उम्मेदवार रानामगरले भन्दा साढे ११ हजार कम मत प्राप्त गरेका थिए । पाँच महिनाकै अन्तरमा कांग्रेस, एमाले, तत्कालीन माओवादीलाई चकित पार्ने गरी मतदाताले मत बदलेका थिए । उपनिर्वाचनमा वाग्लेलाई आन्तरिक रूपमा जोशी समूहले पनि सघाएको थियो । 

Third election in three years in a presidential electorate

०७९ र ०८० को निर्वाचनमा तत्कालीन माओवादी (नेकपा) ले कांग्रेस उम्मेदवार भट्टराईलाई समर्थन गरेको थियो । यस पटक नेकपाले आफ्नै उम्मेदवार उठाएको छ । नेकपा उम्मेदवार ढकाल पूर्वएमाले हुन् । पार्टी विभाजनपछि उनी एकीकृत समाजवादी (एस) मा गएका थिए ।

तत्कालीन माओवादी र एसबीचको एकतामा उनी सामेल भएका थिए । ढकाल ०७९ मा तनहुँ–१(१) बाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए । एसमा गएका पूर्वसांसद किसान श्रेष्ठ केही महिनाअघि एमाले फर्किएका छन् । उनले ०७९ मा निर्वाचित भएको बारा–४ बाटै यसपालि उम्मेदवारी दिएका छन् । 

Third election in three years in a presidential electorate

कांग्रेसले भट्टराईलाई उम्मेदवारमा दोहोर्‍याएको हो । कांग्रेससँग असन्तुष्ट जोशी समूहसँग तनहुँ–१ मा ५ हजार हाराहारी मत रहेको अनुमान गरिन्छ । एमालेले पूर्वसंघीय मामिलामन्त्री न्यौपानेलाई अघि सारेको हो । उनी ०७४ मा भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । मेयरमा पराजित भएको दुई वर्षमै एमालेबाट टिकट पाएर उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी जेन–जी आन्दोलनअघिसम्म मन्त्री थिइन् । 

Third election in three years in a presidential electorate

वाग्ले पार्टीबाट प्रस्तावित अर्थमन्त्री र राष्ट्रिय व्यक्तित्वका भएकाले मतदाताले विश्वास गर्ने दाबी रास्वपा पक्षले गरिरहेको छ । अर्का उम्मेदवार भट्टराई भने पुरानो कांग्रेस गढमा सहानुभूतिको मत बटुल्ने प्रयासमा छन् । एमालेकी न्यौपाने र नेकपाका ढकाल आआफ्नो परम्परागत मतलाई सुरक्षित गरेर थप मत तान्ने कसरतमा छन् । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका वाग्ले देशभरि नै रास्वपाका पक्षमा चुनावी माहोल रहेको र आफूले सहजै जित्ने दाबी गर्छन् । ‘भर्खर मतदाता भेटघाट थालेको छु । तनहुँवासी हामीप्रति धेरै आशावादी छन्,’ उनी भन्छन्, ‘उत्साहित छु । मत पहिलेभन्दा अलिकति फरक पला, तर अवस्था चुनौतीपूर्ण छैन ।’ 

Third election in three years in a presidential electorate

तनहुँ–१ मा पर्ने ४२ वटै वडामा चुनावी प्रचारमा पुग्ने वाग्लेको तयारी छ । स्थानीयले सुशासनसहित सडक, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार खोजेको र त्यो रास्वपाले मात्र पूरा गर्न सक्ने उनले दाबी गरे । अर्थविद् वाग्ले चैत ०७९ मा कांग्रेसबाट अलग भएर रास्वपा प्रवेश गरेका थिए । गोरखा बुंकोटका उनी चुनाव लड्न तनहुँ आएका हुन् । 

कांग्रेस उम्मेदवार भट्टराई ०८० को उपनिर्वाचनयता मतदाताको धारणा र अपेक्षा फेरिएको बताउँछन् । ‘म चुनाव हारे पनि मतदातासँगै छु । जिते पनि हारे पनि सँगसँगै रहन्छु । हिजो गल्ती गरिएछ भन्ने मतदाता पनि प्रशस्तै भेटिन्छन्,’ उनी भन्छन्, ‘हिजोका नयाँ पनि परीक्षण भएर पुराना भइसके । नयाँ अरू आइसके । जनताको अपेक्षा पनि पूरा भएन । यसपालिको नतिजा कांग्रेसलाई राम्रै हुन्छ ।’

Third election in three years in a presidential electorate

पार्टीहरूबीच गठबन्धन नभएकाले सबैतिर भोट बाँडिँदा आफूले जित्ने भट्टराईको दाबी छ । ब्यास मिलनटारका उनी ०५४ मा नेविसंघ अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा स्थापित भएका थिए । एमाले उम्मेदवार न्यौपाने निर्वाचन क्षेत्रमा पार्टी कमिटी बैठक र मतदाता भेटघाटमा व्यस्त छिन् । ‘हिजोदेखि पसिना बगाउँदै जनसेवा गरेको ठाउँ हो । यहाँको माटो चिनेको र गहिरो प्रेम रहेकालाई मतदाताको न्यानो साथ र सहयोग पाउनेमा ढुक्क छु,’ उनले भनिन् । 

नेकपा उम्मेदवार ढकाल पालिका र वडा तहसम्मको पार्टी बैठक सकिँदै गर्दा उत्साही रहेको बताउँछन् । ‘अरू पार्टी र उम्मेदवारसँग असन्तुष्टि बढी छ । हामीसँग विश्वास छ, अपेक्षा छ । तनहुँ–१ का मतदाताले यसपटक नेकपालाई मत दिन्छन्,’ उनी भन्छन् ।

Third election in three years in a presidential electorate

स्वतन्त्र उम्मेदवार जोशी नयाँ र पुराना पार्टीबीचको प्रतिस्पर्धामा आफूले जित निकाल्ने दाबी गर्छ् । ‘जनता पुराना दलप्रति खुसी छैनन् । नयाँ दलहरू पनि उस्तै त रहेछन् । बढी नै पपुलिस्ट भए,’ उनी भन्छन्, ‘पहिले हाम्रो, कांग्रेस, एमाले र माओवादी सबैको भोट पाएर स्वर्णिमले जितेका हुन् । अहिले सबैले उनलाई मत दिने अवस्था छैन ।’

जोशी ०७९ को स्थानीय तह निर्वाचनमा एमालेको समर्थनमा व्यास नगरपालिकाको मेयरको प्रत्याशी थिए । १२ हजार ७८ मत ल्याएर कांग्रेसका वैकुण्ठ न्यौपाने निर्वाचित जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए । पुनः मतगणना माग गर्दै उनले दिएको रिट सर्वोच्चमा विचाराधीन छ ।

Third election in three years in a presidential electorate 

बन्दीपुर बजारबाट दक्षिण रामकोटतर्फ ओरालो झर्दै गर्दा सडकछेउकै घरमा कान्तिपुर टिमले चन्द्रिका विकलाई भेटेको थियो । चुनावको प्रसंग निकाल्दा विकले तनहुँ–१ बाट निर्वाचित नेताहरूसँग असन्तुष्टि जनाइन् । ‘गाउँमा सुविधा छैन । महँगी बढेको छ,’ विकले भनिन्, ‘छोराछोरी विदेश धाउनुपरेको छ । नेताहरूको मुख हेर्दा सबै राम्रो लाग्छ । राम्रो चाहिँ कसैले पनि गर्दैनन् ।’ घरदैलोमा आउने नेताको कुरा सुनेर कसलाई भोट हाल्ने निधो गर्ने विक बताउँछिन् । उनकी छिमेकी जेनिसा विक स्थानीयलाई रोजगारीको व्यवस्था गर्न सक्ने, विकास निर्माणमा सहयोग गर्ने उम्मेदवारलाई मत दिने बताउँछिन् । 

बन्दीपुर रामकोटमा होमस्टे सञ्चालक खड्गबहादुर थापा नयाँ दलका पुराना दललाई अप्ठ्यारो रहेको बताउँछन् । ‘पहिले कांग्रेस, एमाले र माओवादी मात्र थिए । अहिले रास्वपाको पनि प्रभाव बढ्दो छ,’ उनले भने, ‘अहिले युवा उज्यालो नेपाल र श्रम संस्कृति पार्टीमा पनि सक्रिय हुन थालेको देखिन्छ ।’

Third election in three years in a presidential electorate

स्थानीय भुन्टीमाया मगर जनताको सुखसुविधाको ख्याल गर्न सक्ने नेतालाई भोट दिने बताउँछिन् । ‘अहिलेसम्म जित्नेले वृद्धाभत्ताबाहेक केही दिएका छैनन्,’ ७२ वर्षीया उनले भनिन्, ‘बिजुली त आएको छ । बस्तीमा पानी ट्याङ्की र घरघरै धारा बने पनि पानी आउँदैन ।’

चितवनसँग जोडिएको देवघाटसहित आँबुखैरनी गाउँपालिका, बन्दीपुर, भानु नगरपालिका र सदरमुकाम रहेको व्यास नगरपालिकाका १२ वडा तनहुँ– १ मा पर्छन् । यस क्षेत्रमा १ लाख ३६ हजार ८ सय ८२ मतदाता छन् । 

Third election in three years in a presidential electorate

भानु–१ का ३० वर्षीय विनोद गन्धर्व राम्रो उम्मेदवार रोजेर भोट दिनुपर्ने बताउँछन् । ‘अहिलेसम्म जितेर गएकाहरू आफ्नो दुनो सोझ्याउने मात्र भए । यस पटक कसले राम्रो नीति कार्यक्रम ल्याएर मन जित्छ, उसलाई मत दिने हो,’ उनी भन्छन् । 

बन्दीपुर बजारका सानुकाजी श्रेष्ठ छोराबुहारीले भनेअनुसार मतदान गर्ने बताउँछन् । ‘कोही नयाँलाई जिताउने भन्छन् । कोही पुरानो ठीक भन्छन् । काम गर्ने नेतालाई पनि जस नदिने लुछाचुँडी छ,’ ७४ वर्षीय उनले भने, ‘हामी त बूढा भयौं । नयाँ पुस्ताले राम्रो नेता छानुन् ।’

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully