'सेक्युरिटी थ्रेट' बढेको भन्दै सुधन गुरुङले मागे पीएसओ

हातहतियार बोक्ने केही व्यक्तिहरूबाट गुरुङलाई सुरक्षा थ्रेट बढेको रास्वपा गोरखाले जनाएको छ ।

माघ १५, २०८२

हरिराम उप्रेती

Sudhan Gurung demands PSO, citing increased 'security threat'

गोरखा — प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–१ बाट उम्मेदवार वनेका सुधन गुरुङलाई सुरक्षा थ्रेट बढेको भन्दै रास्वपाले पीएसओसहितको सुरक्षा व्यवस्था माग गरेको छ । गुरुङ केही दिनदेखि धार्चे र चुमनुब्री क्षेत्रमा चुनाव प्रचारका क्रममा घरदैलोमा छन् ।

प्राप्त विभिन्न गोप्य सूचनाअनुसार हातहतियार बोक्ने केही व्यक्तिहरूबाट गुरुङलाई सुरक्षा थ्रेट बढेको रास्वपा गोरखाले जनाएको छ । ‘सुरक्षा थ्रेट भयो भन्ने बुझेर सुरक्षाकर्मी माग गरेका हौं,’रास्वपा गोरखाका सचिव मिलन रानाले भने,‘प्रशासनलाई पनि यस विषयमा जानकारी गराएका छौँ ।’

उक्त विषयमा प्रशासनमा जानकारी आएपछि सुरक्षा विश्लेषण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत विकले बताए । ‘अहिलेसम्म त्यो अवस्था देखिँदैन, त्यस्ता गतिविधिबारे निगरानी बढाएका छौँ,’ उनले भने । 

त्यस्तै घरदैलोमा रहेका गुरुङको व्यक्तिगत, सामाजिक तथा राजनीतिक चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा विभिन्न अफवाह फैलाइएको भन्दै आवश्यक अनुसन्धान र छानबिन गरेर कारबाही प्रत्रिया अघि बढाउन पनि रास्वपा गोरखाले माग गरेको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully