कांग्रेसको नीति– ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’

माघ २१ बाट कांग्रेसको विशेष रणनीति लागू हुने

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Congress' policy - 'Wherever one has responsibility, one should work there'

काठमाडौँ — नेपाली कांग्रेसको विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरु माघ २१ देखि फागुन २१ सम्म आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने भएका छन् । 

उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको चुनाव परिचालन समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ तयार गरिरहेको छ । चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति निर्देशिकामा समेटिएको छ ।

उपसभापति शर्माले यसबारेमा केन्द्रीय कार्यालयमा चलिरहेको प्रदेश स्तरीय विशेष आन्तरिक छलफल कार्यक्रममा जानकारी गराएका हुन् । माघ १३ गते कर्णाली र सुदुर पश्चिमको छलफल सकिएको छ । 

आज गण्डकी प्रदेशको छलफल हुँदैछ । छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्य, जिल्ला सम्पर्क समितिका सभापति एवं काठमाडौंमा रहेका विभिन्न पेशा व्यवसायमा संलग्न कांग्रेसका शुभेच्छुक एवं युवाहरु सहभागी छन् ।

कान्तिपुर

Link copied successfully