‘स्टन्ट’ गरेकै भरमा लोकप्रिय हुने शक्तिलाई देशीविदेशीको ठूलो लगानी : दाहाल

दाहालले देशको विचार, सिद्धान्त र त्यागेको राजनीतिलाई सम्मान गर्नेभन्दा ‘स्टन्ट’ गरी लोकप्रिय अभियाना लागेका दलहरुलाई सम्वर्द्धन गरिएको बताए ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

Huge investment from domestic and foreign investors in a power that becomes popular just by doing 'stunts': Dahal

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘स्टन्ट’ गरेकै भरमा राजनीति गर्नेहरुलाई देशभित्र र बाहिरको शक्तिले लगानी गरेको आरोप लगाएका छन् ।

उनले मंगलबार चुरे भावर पार्टीलाई नेकपामा समाहित कार्यक्रममा देशको विचार, सिद्धान्त र त्यागेको राजनीतिलाई सम्मान गर्नेभन्दा ‘स्टन्ट’ गरी लोकप्रिय अभियाना लागेका दलहरुलाई सम्वर्द्धन गरिएको बताए ।

‘अहिले देशमा विचार सिद्धान्त राजनीति त्याग तपस्या बलिदानलाई सम्मान गर्ने, त्यसको कदर गर्ने, त्यसको आधारमा समाज निर्माणको निम्ति भ्रष्टाचारविरुद्ध अभियान चलाउने सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायको पक्षमा अभियान चलाउने र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक विकासको निम्ति अभियान चलाउनेभन्दा पनि स्टन्ट गरेकै भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशीविदेशी शक्तिहरुले ठूलो लगानी गरेको तपाईं हामीले देखेका छौं,’ उनले भने, ‘हामीले इतिहासको सम्मान गर्ने विचारको सम्मान गर्ने राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्ने ऐतिहासिक आवश्यकता महसुस गरेर नै नेपाली कम्युनिस्ट पार्टी हामीले निर्माण प्रक्रियालाई ध्रुवीकरण र एकताको प्रक्रियालाई अगाडि बढाएको हुँ ।’

कान्तिपुर

Link copied successfully