झापा-५ मा घरदैलो गर्दै बालेन-पत्नी

दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो कार्यक्रम उम्मेदवार बालेनकी पत्नी सविना सहभागी भएकी थिइन् ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — झापा-५ मा घरदैलाे अभियानको नेतृत्व गर्दै बालेन्द्र शाहकी श्रीमती सविना काफ्लले प्रचार थालेकी छन् ।

उनको नेतृत्वमा सोमबार बिहान दमक–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम भएको थियो । 

दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो। कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू सुनेका थिए। 

कान्तिपुर

Link copied successfully