आज नै नतिजा घोषणा गर्ने तयारी भएको निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए । तीन जना राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट आठ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
दाङ — लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य चयनका लागि मतगणना सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा गणना भइरहेको छ ।
निर्वाचनमा २ सय ८६ जनाले मतदान गरेका छन् । जसमा प्रदेशसभा सदस्यतर्फ पुरुष ४८ र महिला ३० गरी ७८ जना र स्थानीय तहतर्फ पुरुष १ सय २३ र महिला ८५ गरी २ सय ८ जनाले मतदान गरेका हुन् ।
आज नै नतिजा घोषणा गर्ने तयारी भएको निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए । तीन जना राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट आठ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।