पहिले मनोनयन गर्नेको उम्मेदवारी कायम

आधिकारिकताका विषयमा सम्बन्धित पार्टीबाट पत्र नआाएपछि पहिला मनोनयन दर्ता गराउनेलाई मान्यता दिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

The candidacy of the first nominee is upheld.

काठमाडौँ — एउटै पार्टीबाट दुई जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले पहिले मनोनयन गर्नेको उम्मेदवारी कायम राख्ने निर्णय गरेको छ ।

आधिकारिकताका विषयमा सम्बन्धित पार्टीबाट पत्र नआाएपछि पहिला मनोनयन दर्ता गराउनेलाई मान्यता दिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पूर्वी नवलपरासी–१ र नवलपरासी पश्चिम–२ मा कांग्रेसको टिकटबाट दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । पूर्व नवलपरासी–१ मा कांग्रेसबाट बालकृष्ण घिमिरेको उम्मेदवारी कायम भएको छ ।

त्यहाँ पार्टी सभापति गगनकुमार थापाकै हस्ताक्षर भएको पत्रबाट गजेन्द्रबहादुर आलेले पनि उम्मेदवारी दर्ता गराएका थिए ।

नवलपरासी पश्चिम–२ मा भीमबहादुर थापाको उम्मेदवारी कायम भएको छ । त्यहाँ देवेन्द्रराज कँडेलले पार्टीकै पत्रबाट पछि उम्मेदवारी दर्ता गराएका थिए ।

कान्तिपुर

Link copied successfully