पार्टीबाट लैङ्गिक अल्पसंख्यक समुदायका १५ जनालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरिएको जानकारी पार्टीका सल्लाहकार सुनिलबाबु पन्तले दिएका छन् ।
काठमाडौँ — लैङ्गिक अल्पसंख्यक समुदायबाट ‘समावेशी समाजवादी पार्टी’ तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मोरङ क्षेत्र नम्बर ४ बाट नुमा लिम्बु, काठमाडौं क्षेत्र नम्बर १ बाट सुरेन्द्र पाण्डे, ओखलढुंगा क्षेत्र नम्बर १ बाट पिंकी राई, रुपन्देही क्षेत्र नम्बर २ बाट देवेन्द्र बहादुर खत्री, काठमाडौं क्षेत्र नम्बर १० बाट पूर्णचन्द्र पौडेल तथा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट बिनोद लामाले उम्मेदवारी दिएका हुन् ।
यसै पार्टीबाट लैङ्गिक अल्पसंख्यक समुदायका १५ जनालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरिएको जानकारी पार्टीका सल्लाहकार सुनिलबाबु पन्तले दिएका छन् ।
