पर्सामा ४० प्रतिशत स्वतन्त्र उम्मेदवार

१ सय ९ उम्मेदवारमध्ये ४४ स्वतन्त्र उम्मेदवार छन्

माघ ७, २०८२

कान्तिपुर संवाददाता

40 percent independent candidates in Parsa

पर्सा — प्रतिनिधिसभाको आसन्न निर्वाचनका लागि पर्सामा झन्डै ४० प्रतिशतले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

यहाँ चारवटै क्षेत्रका कुल १ सय ९ उम्मेदवारमध्ये ४४ स्वतन्त्र उम्मेदवार छन् । ६५ जना दलगत उम्मेदवार छन् ।

क्षेत्र १ मा कूल ३० उम्मेदवारी दर्ता भएकोमा ती मध्ये १० स्वतन्त्र उम्मेदवार छन् ।

क्षेत्र नं २ मा कूल ३२ उम्मेदवारी परेकोमा १४ स्वतन्त्र छन् । क्षेत्र नं ३ मा कूल २३ उम्मेदवारी परेकोमा ९ स्वतन्त्र छन् । क्षेत्र नं ४ मा कूल २४ उम्मेदवारी परेकोमा ११ स्वतन्त्र छन् ।

कान्तिपुर

Link copied successfully