झापा-५ बाट एमाले अध्यक्ष ओलीको उम्मेदवारी दर्ता

२०४८ सालदेखि ओली यस क्षेत्रबाट निरन्तर उम्मेदवार बन्दै आएका छन्। उनी आठौँ पटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका हुन्।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

UML Chairman Oli files candidacy from Jhapa-5

दमक, झापा — एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराएका छन्।

ओलीको मनोनयन दर्तामा मेनका काफ्ले समर्थक र रोमनाथ ओली प्रस्तावक रहेका छन्। मनोनयन दर्ताका लागि ओली बिनतामझाम समर्थकहरूसहित निर्वाचन कार्यालय पुगेका थिए।

२०४८ सालदेखि ओली यस क्षेत्रबाट निरन्तर उम्मेदवार बन्दै आएका छन्।  उनी आठौँ पटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका हुन्। २०६४ मा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका उनी त्यसयता निरन्तर जित्दै आएका छन् । 

यसपटक उनको प्रतिद्वन्द्वीका रूपमा रास्वपा नेता बालेन्द्र शाह उठेका छन् । त्यस्तै नेकपाबाट युवा नेता रञ्जित तामाङ उम्मेदवार बनेका छन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully