चितवन-३ मा नेकपाबाट भरतपुरकी पूर्वमेयर रेनु दाहालले उम्मेदवारी दर्ता गराइसकेकी छिन् । त्यस्तै राप्रपाबाट दीपक थापा मगरले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
चितवन — एमालेका शंकर थपलियाले चितवन-३ बाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि चितवन-३ मा एमालेको संगठन राम्रो भएको र यसै आधारमा चुनाव जित्ने उनले दाबी गरे ।
यसअघि चितवन-३ मा नेकपाबाट भरतपुरकी पूर्वमेयर रेनु दाहालले उम्मेदवारी दर्ता गराइसकेकी छिन् । त्यस्तै राप्रपाबाट दीपक थापा मगरले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा विजयी राप्रपा वरिष्ठ नेता उपाध्यक्ष विक्रम पाण्डे भने यस पटक पछि हटेका छन् ।
