काठमाडौं-४ मा कांग्रेस उम्मेदवार बने सचिन तिमल्सिना 

तिमल्सिना क्रिकेट कमेन्टेटर पनि हुन्

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Sachin Timalsina becomes Congress candidate in Kathmandu-4

काठमाडौँ — कांग्रेसले सचिन तिमल्सिनालाई काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवार बनाएको छ । कांग्रेस सभापति गगन थापा लड्दै आएको निर्वाचन क्षेत्रबाट यस पटक तिमिल्सिनालाई उम्मेदवार बनाएको हो । 

युथ कंग्रेसका संस्थापक सभापतिसमेत रहेका तिमल्सिना काठमाडौं-४ कै स्थानीय बासिन्दा हुन् । उनी क्रिकेट कमेन्टेटर पनि हुन् । सभापति थापा भने यस पटक सर्लाही-४ बाट उम्मेदवार बन्ने भएका छन् । 

कान्तिपुर

Link copied successfully