प्रत्यक्ष रूपमा जनताबाट अनुमोदित हुन समानुपातिक सूचीबाट नाम फिर्ता गरी उम्मेदवारी दर्ता गर्न आएको सहमहामन्त्री आचार्यको भनाइ
दाङ — रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यले प्रतिनिधिसभा सदस्यका लागि दाङ-२ मा उम्मेदवारी दर्ता गरेका छन् ।झाँकीसहित बजार परिक्रमा गरी घोराहीस्थित निर्वाचन कार्यालय पुगेका आचार्यले उम्मेदवारी दर्ता गरेका हुन् । उनी पहिलोपटक निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।
मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रत्यक्ष रूपमा जनताबाट अनुमोदित हुन समानुपातिक सूचीबाट नाम फिर्ता गरी उम्मेदवारी दर्ता गर्न आएको बताए ।
दाङ-२ मा एमालेबाट महासचिव शंकर पोखरेल, कांग्रेसबाट किरणकिशोर घिमिरे र नेकपाबाट निर्मल आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।
२०७४ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रकी रेखा शर्माले यस क्षेत्रमा एमाले महासचिव पोखरेललाई हराएकी थिइन् ।
