यसअघि सिरहा २ बाट निर्वाचित भएका उनी त्यसअघि २०७४ को निर्वाचनमा भने सिरहा ४ बाटै निर्वाचित भएका थिए ।
सिरहा — सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट जसपा नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री राजकिशोर यादवले मनोनयन दर्ता गराएका छन् । मिर्चैयास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर यादवले मनोनयन दर्ता गराएका हुन् ।
यसअघि सिरहा २ बाट निर्वाचित भएका उनी त्यसअघि २०७४ को निर्वाचनमा भने सिरहा ४ बाटै निर्वाचित भएका थिए । यादव यसै क्षेत्रका बासिन्दासमेत हुन् ।
