जिल्लाका पाँच निर्वाचन क्षेत्रमा १ सय ५७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार सबैभन्दा धेरै क्षेत्र नम्बर २ र सबैभन्दा कम क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता भएको छ ।
भैरहवा — रूपन्देहीमा मंगलबार प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रूपमा मनाेनयन दर्ता गर्नेकाे संख्या उल्लेख्य देखिएकाे छ । रूपन्देहीका पाँच निर्वाचन क्षेत्रमा गरेर ६५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाका पाँच निर्वाचन क्षेत्रमा १ सय ५७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार सबैभन्दा धेरै क्षेत्र नम्बर २ र सबैभन्दा कम क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता भएको छ ।
क्षेत्र नम्बर १ मा ३२ जनाको उम्मेदवारी परेको छ । यसमध्ये २० दलका उम्मेदवार हुन् भने १२ जना स्वतन्त्र उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा ४१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बताए । यहाँ दलबाट २१ र स्वतन्त्र २० जनाले मनोनयन दर्ता गरेको उनले जनाए ।
क्षेत्र नम्बर ३ मा ३६ जनाले मनोनयन दर्ता गरेको रूपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताए । उनका अनुसार रूपन्देही-३ मा दलका १९ र स्वतन्त्र १७ जनाले उम्मेदवारी दिएका हुन् ।
क्षेत्र नम्बर ४ मा २२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टोपबहादुर विष्टले जानकारी दिए । उनका अनुसार यहाँ दलबाट १५ र स्वतन्त्र ७ जनाको मनोनयन दर्ता भएको छ ।
क्षेत्र नम्बर पाँचमा २८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीका अनुसार दलबाट १९ र ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
