झापामा उम्मेदवारी दर्ताका क्रममा एमाले र रास्वपा कार्यकर्ताबीच सामान्य झडप
दमक, झापा — एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गर्दै एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन्।
मनोनयन दर्ताका क्रममा रास्वपा र एमाले कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो। यस सन्दर्भमा ओलीले आफूले निर्वाचनमा स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित प्रक्रिया चाहेको भए पनि अझै शंका व्यक्त गरे।
उनी यस क्षेत्रबाट आठौँ पटक उम्मेदवार बनेका हुन्। मनोनयन दर्तामा मेनुका काफ्ले समर्थक र रोमनाथ ओली प्रस्तावक रहेका थिए।
