३ बजेसम्म एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
अछाम — अछाम क्षेत्र नम्बर–२ मा मंगलबार दिउँसो ३ बजेसम्म चार राजनीतिक दलका उम्मेदवारले मनाेनयन दर्ता गराएका छन्।
३ बजेसम्म एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
एमालेका तर्फबाट यज्ञराज बोगटी, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भूपदेव शाह तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट झंकार शाहीले र नेकपा माओवादीका उम्मेदवार शेरबहादुर विकले मंगलसेनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
यस्तै, अछाम क्षेत्र नम्बर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू मनोनयन दर्ताको प्रक्रियामा रहेको निर्वाचन कार्यालयले जनाएको छ।