काठमाडौं-५ मा कांग्रेस महामन्त्री पौडेलको उम्मेदवारी दर्ता

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पौडेलले एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले हराएका थिए ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Nepali Congress General Secretary Poudel files candidacy in Kathmandu-5

काठमाडौँ — कांग्रेस महामन्त्री प्रदीप पौडेलले काठमाडौं-५ बाट उम्मेदवारी दर्ता गराएका छन् । भर्खरै कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित पौडेलले केही समयअघि मनोनयन दर्ता गराएका हुन् । 

यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पौडेलले एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले हराएका थिए । यस पटक पनि एमाले नेता पोखरेल काठमाडौं-५ बाटै उम्मेदवार बनेका छन् ।

Nepali Congress General Secretary Poudel files candidacy in Kathmandu-5

कान्तिपुर

Link copied successfully