दाहाल २०७९ को चुनावमा गोरखाबाट, २०७४ को प्रतिनिधिसभा चुनावमा चितवन ३ बाट चुनाव लडेका थिए ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउने तयारीमा रहेका छन् ।
दाहालले पूर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । शहिद परिवारका सदस्यलाई भेटेर उम्मेदवारी मनोनयन दर्ता गर्न निस्किएको दाहालको सचिवालयले जानकारी दिएको छ ।
दाहाल २०७९ को चुनावमा गोरखाबाट, २०७४ को प्रतिनिधिसभा चुनावमा चितवन ३ बाट चुनाव लडेका थिए । यसपटक उनी पूर्वी रुकुम पुगेका हुन् ।
