उनीहरूको गलामा मखमली फूलका माला लगाएर पृष्ठभूमिमा नेपाली राष्ट्रिय झन्डा र पार्टीका रातो झन्डा फहराएर सामूहिक तस्बिर खिचाएका छन् ।
काठमाडौँ — सिन्धुपाल्चोकमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले एकताको सन्देश दिँदै एकै प्रकारको परम्परागत पोसाक लगाएर मनोनयन दर्ता गर्ने भएका छन् ।
पुष्पकमल दाहाल संयोजक र माधवकुमार नेपालको सहसंयोजक रहेको नेकपाले जिल्लाका दुवै निर्वाचन क्षेत्रका प्रत्यक्ष र समानुपातिक उम्मेदवारले एकै प्रकारको पोसाक लागाएका हुन् ।
क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव सापकोटा, क्षेत्र नम्बर २ बाट युवराज दुलाल तथा समानुपातिकतर्फका उम्मेदवार भगवती नेपाल र लालकान्छा तामाङले दौरा–सुरुवाल र साडी–चोलीमा सजिएर मनोनयन दर्ता गर्ने भएका छन् ।
उनीहरूको गलामा मखमली फूलका माला लगाएर पृष्ठभूमिमा नेपाली राष्ट्रिय झन्डा र पार्टीका रातो झन्डा फहराएर सामूहिक तस्बिर खिचाएका छन् ।