सर्लाही-३ मा नेकपाबाट नारायणकाजी श्रेष्ठको उम्मेदवारी दर्ता

श्रेष्ठले स्थानीय नेता तथा कार्यकर्ताको आग्रहमा सर्लाही आइपुगेको बताए 

माघ ६, २०८२

ओमप्रकाश ठाकुर

Narayan Kaji Shrestha files candidacy from NCP in Sarlahi-3

सर्लाही — आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाका नारायणकाजी श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।

श्रेष्ठले सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा मनोनयन दर्ता गराएका हुन् । पार्टीका नेता तथा कार्यकर्तासहित प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

गोरखाका स्थायी बासिन्दा रहेका श्रेष्ठले स्थानीय नेता तथा कार्यकर्ताको आग्रहमा सर्लाही आइपुगेको बताए ।

ओमप्रकाश ठाकुर

Link copied successfully