नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले रौतहट १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
रौतहट — नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले रौतहट १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
नेता नेपाल दलबलसहित निर्वाचन कार्यालय पुगेर उमेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै, नेकपा एमालेलेबाट अजय गुप्ताले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसका अनिल झा र रास्वपाका राजेश साहले उमेदवारी दर्ता गराएका छन् ।
