पाँचथर — प्रतिनिधिसभा निर्वाचनका लागि पाँचथरबाट नेकपाका हर्कबहादुर नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीका प्रदेश कमिटी अध्यक्षसमेत रहेका नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत कुमार मास्केले उम्मेदवारी दर्ताको निस्सा उपलब्ध गराएका छन् । नेम्वाङ पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।