उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
काठमाडौँ — चितवन-१ बाट जेन–जी अभियन्ता विकास रसाइलीले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पछिल्लो समय युवा पुस्ताको मुद्दा उठाउँदै आएका रसाइली जेन–जी आन्दोलनको अग्रपङ्क्तिमा रहेर सक्रिय रहँदै आएका छन् । उनी विशेष गरी किसान आन्दोलन र मिटरब्याज पीडितहरूको न्यायका लागि हुने आन्दोलनको नेतृत्वदायी भूमिकाका कारण चर्चामा छन् ।
उम्मेदवारी दर्तापछि रसाइलीले युवाहरूको प्रतिनिधित्व र उत्पीडित वर्गको आवाज संसदसम्म पुर्याउन आफूले उम्मेदवारी दिएको बताएका छन् । चितवन–१ मा युवा र पुराना शक्तिहरूबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
