नेकपाले टिकट नदिएपछि उनी एमालेबाट सिरहा-४ मा उम्मेदवार बनेका हुन्
सिरहा — नेकपाका नेता धर्मनाथ साहले नेकपा एमालेबाट सिरहा ४ मा उम्मेदवारी दिएका छन् । नेकपाले टिकट नदिएपछि उनी एमालेबाट उम्मेदवार बनेका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका साह यसअघि एमालेमै थिए भने पार्टी विभाजन हुँदा माधव नेपालसँगै लागेर नेकपा एसको उपाध्यक्ष बनेका थिए । नेकपाबाट यहाँ अजयशंकर नायकले उम्मेदवारी दिएका छन् ।
