रुकुम पूर्वमा ‘मर्निङ वाक’ बाट सुरु गरे दाहालले चुनाव प्रचार

दाहाल गोरखा २ छाडेर पूर्वमाओवादीको प्रभाव क्षेत्र रुकुम पूर्वबाट उम्मेदवार भएका छन् । उनी सुरक्षित क्षेत्र खोज्दै त्यहाँ पुगेका हुन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Dahal kicks off election campaign with 'Morning Walk' in Rukum East

काठमाडौँ — नेकपा संयोजक पुष्पकमल दाहालले ‘मर्निङ वाक’ बाट रुकुम पूर्वमा चुनावी अभियान सुरु गरेका छन् ।सोमबार उम्मेदवारी दिन रुकुम पूर्व पुगेका उनले मंगलबार बिहान बिहानी हिँडाइका क्रममा स्थानीयसँग चुनावी कुराकानी गरेको केन्द्रीय सदस्य केशव रावलले बताए ।

‘प्रचण्डले मर्निङ वाकबाट चुनावी प्रचार सुरु गर्नुभएको छ,’ उनले भने, ‘उहाँले स्थानीयसँग कुराकानी पनि गर्नुभयो । रुकुमकोटका स्थानीयले उम्मेदवार भएकोमा खुसी व्यक्त गरे ।’

दाहालले दिउँसो एक बजे मनोनयन गर्ने कार्यक्रम छ । ‘दिउँसो एक बजे मनोनयन गर्ने कार्यक्रम छ । त्यसपछि कोणसभा हुने छ,’ रावलले भने, ‘बेलुका पार्टीको प्रशिक्षण छ ।’

दाहाल गोरखा २ छाडेर पूर्वमाओवादीको प्रभाव क्षेत्र रुकुम पूर्वबाट उम्मेदवार भएका छन् । उनी सुरक्षित क्षेत्र खोज्दै त्यहाँ पुगेका हुन् ।

कान्तिपुर

Link copied successfully