सर्लाही-४ मा कांग्रेस सभापति गगन थापाको उम्मेदवारी

सर्लाही-४ मा थापासँगै रास्वपाबाट अमरेशकुमार सिंह, जसपाबाट रामेश्वर राय र नेकपाबाट डा. रजनीश रायको उम्मेदवारी

माघ ६, २०८२

ओमप्रकाश ठाकुर

Congress President Gagan Thapa's candidacy in Sarlahi-4

सर्लाही — फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

थापाका तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले समर्थकसहित क्षेत्र ४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

त्यस्तै यो क्षेत्रमा रास्वपाबाट अमरेशकुमार सिंहले मनोनयन दर्ता गराएका छन् । जसपाबाट रामेश्वर राय, नेकपाबाट डा. रजनीश रायले उम्मेदवारी दर्ता गराएका छन् 

ओमप्रकाश ठाकुर

Link copied successfully