युवा नेता कोइराला पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन्
सुर्खेत — कांग्रेसले प्रतिनिधिसभा निर्वाचन सुर्खेत क्षेत्र नम्बर-२ मा मनोनयन दर्ता गराएको छ । निर्वाचन कार्यतालिका अनुसार दिउँसो ३:३० बजे कांग्रेस नेता नारायण कोइरालाले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन् ।
युवा नेता कोइराला पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म एमाले, नेकपा, रास्वपालगायत दल तथा स्वतन्त्र गरी १२ जनाले मनोनयन दर्ता गराएका छन् ।
