सुर्खेत-१ मा कांग्रेसका खड्काले गराए मनोनयन दर्ता

यस क्षेत्रबाट एमालेबाट ध्रुव शाही, नेकपाबाट जितबहादुर राना, रास्वपाबाट टेकबहादुर सिंह र राप्रपाबाट रविकिरण हमालले पनि मनोनयन दर्ता गराइसकेका छन् ।

माघ ६, २०८२

ज्योति कटुवाल

Congress' Khadka files nomination in Surkhet-1

सुर्खेत — कांग्रेसले प्रतिनिधिसभा निर्वाचन सुर्खेत क्षेत्र नम्बर- १ मा मनोनयन दर्ता गराएको छ । निर्वाचन कार्यतालिकाअनुसार दिउँसो ३ बजे कांग्रेस सुर्खेत जिल्ला उपसभापति विष्णु खड्काले मंगलबार दिउँसो गुर्भाकोटको मेहलकुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा विष्णु खड्काले मनोनयन दर्ता गराएका हुन् ।

युवा नेता खड्का पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन् । यस क्षेत्रबाट एमालेबाट ध्रुव शाही, नेकपाबाट जितबहादुर राना, रास्वपाबाट टेकबहादुर सिंह र राप्रपाबाट रविकिरण हमालले पनि मनोनयन दर्ता गराइसकेका छन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully