मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता चौधरीले समग्र देउखुरी क्षेत्रको विकास र समृद्धि नै आफ्नो मुख्य चुनावी एजेन्डा रहेको बताए ।
काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार तामझामका साथ निर्वाचन अधिकृतको कार्यालय पुगेर चौधरीले आफ्नो मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गर्नुअघि कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरूले झाँकी र जुलुससहित बजार परिक्रमा गरेका थिए ।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता चौधरीले समग्र देउखुरी क्षेत्रको विकास र समृद्धि नै आफ्नो मुख्य चुनावी एजेन्डा रहेको बताए ।
सत्ता गठबन्धन र अन्य दलहरूले पनि आ-आफ्नो उम्मेदवार तय गरिसकेको अवस्थामा दाङ-१ को प्रतिस्पर्धालाई रोचक ढंगले हेरिएको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज उत्साहजनक रूपमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराइरहेका छन् ।