सिन्धुपाल्चोकमा कांग्रेसबाट वंशलाल तामाङ र जंगबहादुर लामाको मनोनयन दर्ता

यसपटक उम्मेदवार बनेका तामाङ र लामा सांसद उठेका नँया अनुहार हुन् ।

माघ ६, २०८२

अनिश तिवारी

Congress files nominations of Vanshalal Tamang and Jung Bahadur Lama in Sindhupalchowk

सिन्धुपाल्चोक — कांग्रेसबाट आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नम्बर २ मा वंशलाल तामाङले उम्मेदवारी दर्ता गरेका छन्।

वंशलाल कांग्रेसका पुराना नेता हुन् । उनी इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्षसमेत हुन् । यसअघि क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री मोहनबहादुर बस्नेत निर्वाचित भएका थिए। यसपटक तामाङ र लामा संघमा नँया अनुहार हुन्।

मनोनयन दर्तासँगै जिल्लामा निर्वाचनको राजनीतिक माहोल थप तातेको छ। कांग्रेसले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाएको जनाएको छ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully