थापा पहिलो पटक संसदीय निर्वाचनमा होमिएकी हुन्
दैलेख — कांग्रेसले प्रतिनिधिसभा निर्वाचन दैलेख क्षेत्र नम्बर-१ मा मनोनयन दर्ता गराएको छ । निर्वाचन कार्यतालिका अनुसार दिउँसो ३:३० बजे कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेकी बासना थापाले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका गरेकी हुन् ।
थापा पहिलो पटक संसदीय निर्वाचनमा होमिएकी हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म एमाले, नेकपा, रास्वपालगायत दल तथा स्वतन्त्र गरी १० जनाले मनोनयन दर्ता गराएका छन् ।
