२०७९ सालको निर्वाचनमा चौधरीले यही क्षेत्रबाट निर्वाचन जितेका थिए ।
परासी — पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा उद्योगपतिसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले मनोनयन दर्ता गराएका छन् । २०७९ सालको निर्वाचनमा चौधरीले यही क्षेत्रबाट निर्वाचन जितेका थिए ।
निर्वाचन अधिकृतको कार्यालय बर्दघाटमा पुगेर आफ्ना समर्थक कार्यकर्तासहित मनोनयन दर्ता गराएका हुन् ।
टिकटका लागि कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम र चौधरीले आकांक्षा राखे पनि चौधरीले टिकट पाएका थिए । त्यसबाट असन्तुष्ट बनेका खनाल राष्ट्रिय स्वतन्त्र पार्टी बाट उम्मेदवार बनेका छन् ।
