तनहुँ-१ मा एमालेबाट भगवती न्यौपानेको उम्मेदवारी

पूर्वमन्त्रीसमेत रहेकी न्यौपानेले उम्मेदवार बन्नकै लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएकी थिइन् ।

माघ ६, २०८२

सम्झना रसाइली

तनहुँ — तनहुँ क्षेत्र नं.१ मा प्रतिनिधि सभा सदस्य पदका लागि एमालेबाट भगवती न्यौपानेले उम्मेदवारी दिएकी छन् ।

मुख्य निर्वाचन अधिकृतकको कार्यालय दमौलीमा मंगलबार न्यौपानेले उम्मेदवारी दिएकी हुन् । पूर्वमन्त्रीसमेत रहेकी न्यौपानेले उम्मेदवार बन्नकै लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएकी थिइन् । 

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully