रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेका बालेन र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच झापा-५ मा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
दमक — काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापा–५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्न दमक पुगेका छन् ।
सयौँ समर्थका साथमा उनी मंगलबार निर्वाचन कार्यालय पुगेका हुन् । समर्थकहरूले नाराबाजी र झाँकीसहित उनलाई निर्वाचन कार्यालयसम्म पुर्याएका थिए । झापा–५ मा उनको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।
रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेका बालेन र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच झापा-५ मा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
नेकपाले पनि झापा-५ मा पूर्वविद्यार्थी नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।