२०७४ मा कांगेससँगको गठवन्धनबाट गोरखा–२ मा विजयी भट्टराईले २०७९ मा भने तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सघाएका थिए ।
गोरखा — प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट गोरखा–२ मा डा बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।
भट्टराईको प्रस्तावकमा गोरखा नगरपालिका–८ का नारायण खत्री र बारपाक सुलिकोट गाउँपालिकाका रिजन राना मगर समर्थक रहेका छन् ।
भट्टराई २०६४ को संविधानसभा निर्वाचनमा पनि गोरखा–२ बाट निर्वाचित बनेका थिए । उनी २०७० मा गोरखा–१ बाट निर्वाचित भएका थिए । २०७४ मा कांगेससँगको गठबन्धनबाट गोरखा–२ मा विजयी बनेका भट्टराईले २०७९ मा भने तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सघाएका थिए ।
