कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीबाट चुनावी मैदानमा उत्रिएकी द्वाले स्थानीय विकास र सामाजिक मुद्दाहरूलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताएकी छन् ।
पोखरा — कास्की निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि उज्यालो नेपाल पार्टीको तर्फबाट खगोलशास्त्री मनीषा द्वाले उम्मेदवारी दर्ता गराएकी छन् ।
आगामी २१ फागुनमा हुने निर्वाचनका लागि उनले मंगलबार रामघाटस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र पेस गरेकी हुन् ।
कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीबाट चुनावी मैदानमा उत्रिएकी द्वाले स्थानीय विकास र सामाजिक मुद्दाहरूलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताएकी छन् ।