सल्यानमा नेकपाबाट रमेश मल्ल, कांग्रेसबाट केशबहादुर विष्ट, एमालेबाट गुलाबजंग शाह र रास्वपाबाट ललित चन्द चुनावी प्रतिस्पर्धामा छन् ।
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता अनिशा नेपालीले सल्यानबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेपालीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएकी हुन् । आफ्नो चुनाव चिह्नमा मतदान गरेर विजयी बनाउन उनले सल्यानका मतदातालाई आह्वान गरेकी छन् ।
नेपाली २०७९ को प्रतिनिधिसभा चुनावमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी थिइन् ।
सल्यानमा नेकपाबाट रमेश मल्ल, कांग्रेसबाट केशबहादुर विष्ट, एमालेबाट गुलाबजंग शाह र रास्वपाबाट ललित चन्द चुनावी प्रतिस्पर्धामा छन् ।