बाँके २ बाट २२ जनाको उम्मेदवारी दर्ता

नेपाली कांग्रेस, एमाले, नेकपा, रास्वपा लगायतका दल र स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत दीपक दाहालले जानकारी दिए ।

माघ ६, २०८२

रुपा गहतराज

22 candidates register candidacy from Banke 2

नेपालगञ्ज — बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  २२ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि मुख्य राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवारहरूले समेत आफ्नो मनोनयन दर्ता गराएका हुन्  l यस क्षेत्रमा नेपाली कांग्रेस, एमाले, नेकपा, रास्वपा लगायतका दल र स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत दीपक दाहालले जानकारी दिए ।

प्रमुख दलहरूमध्ये कांग्रेसबाट सुधांसु कोइराला, नेकपा (एमाले)बाट मोहम्मद इस्तियाक राई, नेपाली कम्युनिस्ट पार्टीबाट दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विवेककुमार श्रेष्ठ तथा जनता समाजवादी पार्टी नेपालबाट कमरद्दिन राई लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरि जसपाबाट सरस्वतीप्रसाद वर्मा, मजदुर किसान पार्टी प्रकाश शाह, राष्ट्रिय प्रजातन्त्र पार्टी ऋषिराज देवकोटा, श्रम संस्कृति पार्टी रामचरण चौधरी, राष्ट्रिय जनमोर्चाबाट जगदीश ढकाल, नेकपा माओवादीबाट महेन्द्रप्रसाद चन्द, नेपाल जनता पार्टी विजयकुमार गुप्ता, आम जनता पार्टीबाट अब्दुल अमर राई, उज्यालो नेपालबाट शैलेन्द्र कुमार कर्ण, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट माजित अली शेख, राष्ट्रिय मुक्ति मोर्चा नेपालबाट बाबु प्रकाश घिमिरे, राष्ट्रिय एकता दलबाट सीताराम यादव, जनमत पार्टीबाट मोहम्मद आजाद शाही, राष्ट्रिय जनमत पार्टीबाट इरफान अहमद शेखले पनि दर्ता गराएका छन् ।

यस क्षेत्रमा गोपालप्रसाद गिरी, सौरभजंग शाह र सन्तोषकुमार चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन कार्यालयले दाबी विरोध र फिर्ताको समयपछि अन्तिम नामावली प्रकाशन गर्ने प्रमुख निर्वाचन अधिकृत दाहालले जानकारी दिए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully