युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको राजीनामा

हाल उनी रास्वपाको चुनावी प्रचार क्रममा जनकपुरमा छन् ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Youth and Sports Minister Bablu Gupta resigns

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् ।

हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचार क्रममा जनकपुरमा छन् । गुप्ता रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा छन् । 

‘मैले राजीनामा दिइसकेँ,' जनकपुरमा रहेका गुप्ताले भने ।

उनी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह लगायतसँग जनकपुरमा छन् । दिउँसो  १ बजेपछि जनकपुरको तिरहुतिया गाँछीमा रास्वपाले कार्यक्रम गर्दै छ ।

कान्तिपुर

Link copied successfully