पार्टीका अध्यक्ष कुलमान घिसिङले सोमबार विजय पन्तलाई पार्टीकोतर्फबाट टिकट दिएका हुन् ।
ललितपुर — उज्यालो नेपाल पार्टीले ललितपुर क्षेत्र नम्बर ३ मा डा. विजय पन्तलाई उमेदवार बनाएको छ । सो पार्टीका अध्यक्ष कुलमान घिसिङले सोमबार पन्तलाई पार्टीकोतर्फबाट टिकट दिएका हुन् ।
पन्त उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्य हुन् । डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानका अभियन्ता पन्त सामाजिक अभियानमा सक्रिय रहँदै आएका छन् ।
पन्त ललितपुर धापाखेलका स्थानीय हुन् । सो क्षेत्रमा यसअघि रास्वपाकी डा.तोसिमा कार्की निर्वाचित भएकी थिइन् ।
